चितवन विशेष

एकीकृत राप्रपाको केन्द्रीय समितिमा चितवनका विक्रम पाण्डेसहित चार नेता 

०
Banner

चितवन, जेठ २९ 

तत्कालीन दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको एकीकृत केन्द्रीय समितिमा चितवनका चार नेता परेका छन् ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा गठन भएको समितिमा चितवनका विक्रम पाण्डे, रामशरण पाठक, क्रषिबाबु परियार र विजेन्द्र पाठक रहेका छन् ।

समितिमा हाललाई ३२७ जना रहनेगरी गठन गरेको सो पार्टीले जनाएको छ । त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ जसमा चितवनका नेता पाण्डे पनि रहेका छन् ।  केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरेको राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा छ ।

त्यसैगरी सो पार्टीले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ भने १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेका छन् । यसअघि पार्टी एकता घोषणा गर्दा थापा, राणा र लोेहनी अध्यक्ष रहने सहमति भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>