देश/प्रदेश
लकडाउनमा सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको ८९ हजार ६००
०

काठमाडौँ, जेठ २९-
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर आज सुन तोलाको ८९ हजार ६०० रुपैयाँ पुगेको छ ।
तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३०० रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुनचाँदीको कारोबार पुन सुरु गरेको थियो। सोही दिन सुन तोलाको ८७ हजार ४०० र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























