समाचार

पहिलो फ्लाइटमा कुबेतबाट आए १६१ जना नेपाली महिला कामदार

Banner

काठमाडौँ, जेठ २९–

कुबेतबाट १६१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

नेपाली कामदारलाई बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभूवन विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो थप नेपालीलाई लिएर आउँदै छ ।

पहिलो उडान मार्फत आएका १६१ जना सबै महिला हुन् । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् ।

अर्को विमानमा थप १५० जना नेपाली आउने छन् । कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो ।

बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेका छन् ।

अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>