Breaking News
बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाडौँ, जेठ २९ –
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा काेराेना महामारीमा सरकारकाे कमजाेर प्रयासकाे विरोधमा बिहीबार काठमाडौँको नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी चार्ज पनि गरेको छ ।
एमसीसीको विरोधमा बिहीबार विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्या उपस्थित भएका हुन् ।
कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।
११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।
उनीहरुमाथि प्रहरील बल प्रयोग गरेको हो । अहिले पनि प्रदर्शन जारी छ । प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।
प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका छन् ।
























