Breaking News

सरकारको विरोधमा चितवनमा युवाहरुको सांकेतिक प्रदर्शन (फोटोफिचर)

Banner

चितवन, जेठ २९–

बिहीबार विहान १० बज्नै लाग्दा भरतपुरको चौविसकोठी चोकमा मानिसहरुको भीड बढ्दै थियो । जब दश बज्यो युवाहरुको उपस्थिति एकाएक बाक्लियो । हातमा प्ले कार्ड बोकेका युवाहरुको भीड लाग्यो । उनीहरु भौतिक दुरी कायम गर्दै सांकेतिक रुपमा सरकारको बिरोध गरे । शतप्रतिशत पीसीआर टेस्ट गर्नुपर्ने, राष्ट्रपति कार्यालयमा कार्पेटको साटो पीसीआर कीट खरिद गर्नुपर्ने, अनियमितता छानविन गर्नुपर्नेलगायतका प्ले कार्ड बोकेर शान्तिपूर्ण रुपमा बिरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागि जोन कँडेलले सरकारलाई खबरदारी गर्नका लागि शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको बताए । उनले भने–‘जनताको आवाजलाई सरकारसम्म पुर्‍याउन खबरदारी गरेका हौं ।’ प्रदर्शनमा झण्डै पाँच सयको हाराहारीमा युवाहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा निस्किएका हुन् । प्रदर्शनमा देखिएको एउटा नारा सबैको ध्यान खिचेको थियो । दुई युवाहरुले डरलाग्दो मुखुण्डो लगाएर ‘सरकार, कोरोनाको चिहान बढ्नाले हामी भुतहरु त्रासमा छौं, कृपया पीसीआर टेस्ट बढाऊ ।’ लेखिएको प्ले कार्ड बोकेका थिए ।

यस्तै धेरै युवाहरुको हातमा विभिन्न बिरोधका नारा लेखिएको प्ले कार्डहरु देखिन्थ्यो । ‘असुरक्षित क्वारेन्टिन कोरोनाको स्वर्ग हो, नो आरडीटी, इनफ इज इनफ, असक्ष्यमता हात धोयर निको हुन्न सरकार, सरकारको सरोकार कार्पेट की पीसीआर, दश अर्ब खै’ जस्ता नारा लेखिएको प्ले कार्ड प्रतिनिधिमुलक मात्रै हुन् ।

आन्दोलनमा सहभागि युवा अच्युतराज भट्टले कोरोनाको उपचारमा सरकार गम्भिर नदेखिएकोले झकझकाउनका लागि सांकेतिक बिरोध गरिएको बताए । यस्तै युवा राजेश भुषालले पनि सरकारले विभिन्न झुटा कुराहरु बोलेर जनतालाई झुक्याृउन उद्धत रहेकाले शान्तिपूर्ण आन्दोलन गरिएको बताए ।

विहान ११ बजेदेखि सुरु भएको आन्दोलन झण्डै डेढ घण्टासम्म चलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>