Breaking News

लकडाउनको मोडालिटी परिवर्तन : आजबाट सवारी साधन जोर-विजोर प्रणाली आधारमा सञ्चालन हुने

Banner

काठमाडौं, जेठ २९-

सरकारले गएको ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले बिहीबारदेखि नै बजार खोल्न दिने निर्णय गर्नुका साथै निजी सवारी साधन जोर र बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। सार्वजनिक सवारी साधनमा भने ट्याक्सीमात्र चल्न दिइने भएको छ।

बुधबार राति अबेला सकिएको मन्त्रिपरिषद् बैठकले जोखिम कम भएका क्षेत्रमा पसलहरु खुला गर्ने तथा मोटरसाइकल, निजी कार लगायतका सवारी साधनलाई जोर विजोर नम्बरका आधारमा चलाउन दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा बिहीबारदेखि जोर विजोर प्रणाली लागू गरेर सवारी साधन सञ्चालन हुनेछन्।

सवारी साधनको पछाडिको अंक जोर भएका सवारी साधन जोर गते र विजोर भएका सवारी विजोर गतेका दिन चलाउन पाउने निर्णय सरकारले गरेको हो।

कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रीय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापार खुकुलो गर्ने निर्णय पनि सरकारले गरेको छ।

तर, विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थान भने तत्काल खुल्ला नहुने भएका छन्।

सरकारले गएको १० चैतबाट अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ चैतबाट लकडाउन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>