Breaking News

चितवनका १४३ र सल्यानका १३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Banner

चितवन, जेठ २८–

चितवनमा आज (बुधबार) गरिएको कोरोना परीक्षणमा १३१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । चितवनका भरतपुर अस्पतालबाट ४६, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट २६, भरतपुर महानगरपालिकाबाट ८, चितवन मेडिकल कलेजबाट ११, सेन्ट्रल हस्पिटलबाट ३, नारायणी सामुदायिक अस्पतालबाट ८, खैरहनी नगरपालिकाबाट ३६ र मनकामना अस्पतालबाट ५ जनाको नमुना स्वाब परीक्षण गरिएको थियो ।

आज परीक्षण गराएकाहरु मध्येमा चिकित्सक र स्वास्थ्यकर्मीहरु समेत छन् । नेगेटिभ रिपोर्ट आएसंगै अब अस्पतालहरुमा देखिएको त्रास कम भएको छ । सोमबार एकैदिन तीन जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । यससंगै स्वास्थयकर्मीहरुमा त्रास फैलिएको थियो ।

चितवनमा हालसम्म २७ जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये दुई जना निको भएर डिस्चार्ज भएका छन् भने एक जनाको निधन भएको छ ।

यस्तै बुधबार नै गरिएको परीक्षणमा सल्यानका १३१ जनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>