Breaking News
कालिकोट दुर्घटना : २७ जना सम्पर्कमा, दुई जनाको मृत्यु, ६ जना बेपत्ता
०

काठमाडौँ, जेठ २८–
सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ ।
बुधबार बिहान भएको टिप्पर दुर्घटनामा अहिलेसम्म दुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
ना८ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले दुईजनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको जानकारी दिए ।
टिप्परमा रहेका सबै राजकोट गाउँपालिकाका हुन् । भारतबाट आएर उनीहरुलाई दहिखोलाबाट राजपुर नगरपालिकाको क्वारेन्टिनमा राख्न लैजाने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























