चितवन विशेष
चितवनमा पेस्तोलसहित एक युवक पक्राउ
०

चितवन, जेठ २८–
चितवन प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ भोजाड गणेशस्थानका २० वर्षीय सुजन सुनार रहेका छन् । प्रहरीले उनलाई जेठ २६ गते अपरान्ह पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
सुनारले आफ्नै घरमा हातहतियार राखेको सूचनाको आधारमा खनतलासी गर्दा गोलीसहितको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
उनले पक्राउ परेका सुनारलाई कारवाहीको प्रक्रिया अघि बढाई सकिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























