Breaking News

भरतपुर र जुटपानीका गरी चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, जेठ २८–

चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु क्वारेन्टिनमा बस्दै आएका थिए ।

यसअघि सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको भने हिजो नै मृत्यु भइसकेको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । यस्तै आज नै भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका गैंडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये गैंडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं.१४ का २६ वर्षीय रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>