Breaking News

लकडाउनको नयाँ मोडालिटीमा जाँदै सरकार,भोलि घोषणा गर्ने तयारी

Banner

काठमाडौँ,जेठ २७-

सरकारले भोलि बुधबार आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको छ। आजलाई निर्धारित मन्त्रिपरिषद बैठक भोलि दुई बजे बस्ने र उक्त बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरि लकडाउन खोल्नेछ।

यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ। लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>