कृषि

वाग्मती प्रदेशमा साना किसानलाई निर्ब्याजी ऋण

Banner

बागमती प्रदेश सरकारले साना किसानलाई निर्ब्याजी ऋण दिने भएको छ ।

किसानलाई ब्याज नै नलाग्ने गरी ऋण दिन लागेको सम्भवतः मुलुकमा यो पहिलोपटक हो ।

यसअघि सहुलियत दरको कर्जा दिँदै आए पनि किसानको पहुँचमा नपुगेको गुनासो थियो । साना किसानलाई बिनाब्याजको ऋण लगानी गर्न बजेटको व्यवस्था गरिएको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

सहुलियत कर्जामा किसानको पहुँच नपुगेपछि निब्र्याजी वा न्यून ब्याजमा ऋण दिन लागिएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए । ‘साना किसानलाई एक लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने तयारी छ,’ कार्कीले भने, ‘लिनै परे व्यवस्थापन खर्चका लागि एक प्रतिशत मात्र ब्याज लिन्छौं ।’ मन्त्रालयले एक लाखभन्दा माथि १० लाख रुपैयाँसम्मको ऋण तीन प्रतिशत ब्याजदरमा दिने योजना बनाएको छ ।

यी कार्यक्रमका लागि प्रदेश अर्थ मन्त्रालयले सहमति जनाएर प्रदेश कृषि मन्त्रालयलाई प्राप्त सिलिङबाट बजेट सुनिश्चित गरिएको छ । कृषि ज्ञान केन्द्रको सिफारिसमा साना किसान सहकारी बैंक र कृषि विकास बैंकमार्फत ऋण दिने व्यवस्था मिलाएको कार्कीले जानकारी दिए ।

साना किसानलाई एक लाख रुपैयाँसम्म निर्ब्याजी र त्योभन्दा माथि १० लाख रुपैयाँसम्म तीन प्रतिशत ब्याजदरमा ऋण दिने योजना ।

‘किसानले पैसा नपाएको गुनासो आएपछि नयाँ प्रणाली विकास गर्न लागेका हौं,’ कार्कीले भने, ‘अब किसानले सहजै ऋण पाउँछन् ।’ अर्को वर्षदेखि ठूला किसानलाई पनि यस्तै कार्यक्रम ल्याउने उनले दाबी गरे । अनुदान दुरुपयोग गरेपछि बैंकमार्फत न्यून ब्याजमा ऋण दिन लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>