चितवन विशेष

रत्ननगरमा एमसीसीको बिरोध

Banner

चितवन, जेठ २७–

चितवनको रत्ननगरमा सामाजिक अभियान्ताहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोध गरेका छन् । संसदबाटै एमसीसी पारित गराउने तयारी गरिएपछि सामाजिक अभियन्ताहरुले त्यसको बिरोध सुरु गरेका हुन् ।

एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्ने युवा सामाजिक अभियान्ता सरोजध्वज भण्डारीले बताए । उनीहरुले एमसीसी पारित भएमा नेपाललाई अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने बताएका छन । यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा चुनौति सृजना हुने उनिहरुको बुझाई छ ।

बिरोध कार्यक्रममा करिव एक सय जना सहभागि भएका थिए । बिरोध कार्यक्रममा राजन तिमिल्सिना, विनोद नेपाल, प्रदीप रिजाल, दीपक थापा, सन्तोष गुरुङलगायत सहभागिता थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>