Breaking News

चितवनको मनकामना अस्पतालमा कार्यरत नर्समा पनि कोरोना पुष्टि

Banner

चितवन, जेठ २६–

चितवनकी एक नर्समा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) चितवनमा पुष्टि भएका ३० जना मध्ये एक जना भरतपुर महानगरपालिका–४ की २१ वर्षीया नर्स पनि छन् । ती नर्स भरतपुरको मनाकामना अस्पतालमा कार्यररत रहेकी छिन् । भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले नर्समा कोरोना संक्रमण भएको पुष्टि गरे ।

योसंगै चितवनमा आज एकै दिन तीन जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जसमध्ये दुई जना चिकित्सक छन् । संक्रमित एक चिकित्सक भने नारायणी सामुदायिक हस्पिटलमा कार्यरत छन् ।

आज भरतपुरमा परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २३ जना चितवनका छन् भने अन्य बाहिरी जिल्लाका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>