Breaking News
चितवनको भरतपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, जेठ २६–
चितवनको भरतपुरमा आजै थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा भरतपुरका ७ जनामा संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।
संक्रमित हुनेहरुमा भरतपुर–२८ का ३५, ३५ र १७ वर्षीय पुरुष, भरतपुर २७ का १९ वर्षीया युवती, भरतपुर–२० का २३ वर्षीय पुरुष, भरतपुर–१९ का १९ वर्षीय पुरुष र भरतपुर–११ का २३ वर्षीय पुरुष रहेको स्रोतले जानकारी दिएको छ । ती सबै संक्रमित भरतपुरका क्वारेन्टिनमा रहेका छन् ।
यसअघि आजै मात्र चितवनका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























