Breaking News

चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना पुष्टिः भरतपुर अस्पताल

Banner

चितवन, जेठ २६–

चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार र शनिबार संकलन गरिएको ३१० वटा स्वाबको परीक्षण गर्दा २३ जना कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । उनका अनुसार आज संक्रमण पुष्टि भएका मध्ये दुई जना चितवनका चिकित्सक छन् ।

चितवनका कुल १७ जनामा संक्रमण देखिएको छ । जसमध्ये नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर ३ का ६८ वर्षीय पुरुष, भरतपुर महानगरपालिकाको ६ र २१ नंं वडाको क्वारेन्टिनमा रहेका दुई महिला र दुई पुरुष गरी चार जना, भरतपुर–४ का २१ वषीय महिला, माडीको क्वारेन्टिनमा बसि रहेका मध्ये एक जना १४ वर्षीया किशोरी, ४६, २८, २४, ४१ र २० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत दुई जना बिरामीमा पनि कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये एक जना २५ वर्षका पुरुष र ६६ वर्षका महिला छन् । यस्तै क्यान्सर अस्पतालको उपचाररत एक जना ६२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा.श्रीराम तिवारीले जानकारी दिए । ती महिलाको स्थायी ठेगाना भने सप्तरीको राजबिराज रहेको छ ।

यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा नवलपुर जिल्लाको ६३ वर्षीय महिला, ३३, ३९ २१ र ४० वर्षका पुरुष रहेका छन् । त्यस्तै धादिङको गजुरी–५ का ३२ वर्षको महिलामा पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>