चितवन विशेष
अनलाइनबाटै लायन्सको परिचयात्मक कार्यक्रम

चितवन, जेठ २५–
प्रविधिको उपयोग गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु एरिया नं ३ ले आज (आइतबार) परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एरिया नं ३ ले लायन वर्ष २०२०/२१ नव निर्वाचित गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर तथा द्धितीय गर्भनर, तथा सचिब र कोषाध्यक्षसंग यस क्षेत्रमा कार्यरत क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिब तथा कोषाध्यक्षसग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
३ नं एरियाका प्रमुख लायन प्रभाकर पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन वर्ष २०२०÷२१ का लागि नवनिर्वाचित गर्भनर लायन शम्भु नकर्मीले आगामी वर्षमा डिष्ट्रिकले गर्ने कार्यहरुको जानकारी गराएका थिए । कार्यक्रमा लायन वर्ष २०१९÷२० का गर्भनर अनुप कुमार पहारीले नवनिर्वाचित सबैलाई शुभकामना प्रदान गर्दै प्रतिकुलतालाई अनुकुलतामा बदल्दै सेवा भाबमा लागिरहन लायन्सकर्मीहरुलाई अनुरोध गरेका थिए ।
प्रथम भाईस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले कार्यक्रममा उपस्थित लायन्सकर्मीहरुलाई कोरोनाको यो विषम् अवस्थामा के कसरी काम गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पारेका थिए । कोभिड १९ को यो विषम् परिस्थितीमा पनि लायन्सकर्मीहरुले स्वास्थका क्षेत्रमा विविध कार्यक्रहरु गरिरहेका छन् ।
जुम प्रविधिबाट गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा डिष्ट्रिकका द्धितीय भाईस डिष्ट्रिक गर्भनर सिबि चन्द, पूर्व डिष्ट्रिक गर्भनर प्रभात कुमार जोशी, चितवन क्षेत्रका अग्रज लायन्सकर्मीहरु नारायण शर्मा, सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने लगायतले शुभकामना ब्यक्त गर्दै नयाँ अध्यक्षहरुलाई लायन्सको मर्म ‘हामी सेवा गर्छौं’ भन्ने भावका साथ अगाडी बढ्न आग्रह गरेका थिए ।
चितवन नवलपुर क्षेत्रमा हाल करिब १०० लायन्स क्लबहरु क्रियाशिल छन् । यो क्षेत्रमा पहिलो क्लब लायन्स क्लब अफ नारायणगढको सन् १९८२ मा स्थापना भएको थियो । कोभिड–१९ को यो विषम् परिस्थितीमा पनि लायन्सकर्मीहरुले स्वास्थ्यका क्षेत्रमा विविध कार्यक्रहरु गरिरहेका छन् ।
























