Breaking News

एमसीसी सम्बन्धी विवाद टुंग्याउन नेकपाले बोलायो केन्द्रीय सचिवालय बैठक

Banner

काठमाडौं, जेठ २५-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबार दिउँसो चार बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् ।

तर अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>