Breaking News
जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने
०

काठमाडौं, जेठ २५–
नवगठित जनता समाजवादी पार्टी (जसपा) मा तीन जना अध्यक्षसहित पाँच पदाधिकारी रहने भएको छ । योसंगै जसपामा नेतृत्वको विवाद तत्कालका लागि टुंगो लागेको छ ।
तीन जना अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहने निर्णय भएको छ । यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने छ ।
जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















