Breaking News
भारतबाट डोटी फर्किएका एक युवाको क्वारेन्टिनमा मृत्यु
काठमाडौं, जेठ २५-
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवाको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।
उनी भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।
उनी भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएका थिए । ६ दिन अघिदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्क्वारेन्टिनमा बस्दै आएका उनको आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
मृतकको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
क्वारेन्टिनमा लापरबाही हुँदा युवकको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।
उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना रहेका छन् ।
























