Breaking News

भरतपुर अस्पतालमा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Banner

चितवन, जेठ २४–

भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका चितवन माडीका २७ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उपचारकै क्रममा आइसीयूमा निधन भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

भारतबाट आएर माडीकै क्वारेन्टिनमा बसेका ती युवकको आज (शनिबार) विहान साढे १० बजे मृत्यु भएको थियो ।

ती युवकमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>