Breaking News

४ दिनअघि मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या १२ पुग्यो

Banner

सुर्खेत, जेठ २४ –

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

४ दिनअघि मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वषर्ीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरुषलाई घरमै राखिएको थियो । उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>