Breaking News
भारतमा लकडाउन खुकुलोपछी जनजीवन सामान्य, एकै दिन थपिए १० हजार संक्रमित
०

काठमाडौँ, जेठ २४-
भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । तर लकडाउन खुकुलो पारिएपछि जनजीवन सामान्य तर्फ फर्किन थालेको छ ।
त्यहाँ शुक्रबार एकै दिन ९ हजार ८८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै शुक्रबार एकै दिन कोभिड–१९ बाट २९४ जनाको ज्यान गएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा हालसम्म दुई लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै ज्यान गुमाउनेको कुल संख्या ६ हजार ६४२ पुगेको छ । यस्तै अहिलेसम्म एक लाख १४ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























