Breaking News

जेठ २५ देखि छोटो दुरीमा सवारी चलाउने प्रस्ताव

Banner

काठमाडौं, जेठ २३–

यही जेठ २५ गतेदेखि छोटो दुरीका यात्रुबाहक सवारी संचालन गर्ने प्रस्ताव गरिएको छ ।

कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।

समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना समेत बनाएको छ । जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>