Breaking News
आज म्यान्मार र सारजाहबाट नेपाली फर्कंदै, सम्बन्धित ठाउँमा पुर्याउन तम्तयार सेनाको टोली
०

काठमाडौँ, जेठ २३–
कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् । अहिले ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गर्दै छन् ।
उनीहरु अब केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन् ।
त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्याएर त्यहाँबाट सेनाले घरसम्म पुर्याउने छ । उद्धारका लागि विमानस्थलमा नेपाली सेनाका गाडीहरु तम्तयार छन् । प्रदेश अनुसार अलग अलग गाडीको व्यवस्था गरिएको छ ।
म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्। म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काउँदै छ।
सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























