Breaking News
सरकारले आजदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्दै, युएई र म्यानमारबाट नागरिक आउँदै
०

काठमाडौं,जेठ २३-
सरकारले आजदेखि तेस्रो मुलुकबाट नेपाली ल्याउने भएको छ। खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ। यूएईले २ सय ५० र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू आज काठमाडौं आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन।
ती मुलुकमा अलपत्र परेकामध्ये साढे २ सय भन्दा बढी नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























