Breaking News
क्वारेन्टिनबाट घर गएका सुर्खेतका युवकको कोरोना संक्रमणले मृत्यु
०

सुर्खेत, जेठ २३–
सुर्खेतमा एक युवकको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मृत्यु भएको पुष्टि भएको छ ।
बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । ती युवक आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किए थिए ।
ती युवकको स्वाबको रिपोर्ट आज (शुक्रबार) बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे। मृत्यु भएका कारण ती युवकको प्राथमिकतामा राखेर स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ आएको आचार्यले बताए ।
यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























