Breaking News

तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Banner

तनहुँ, जेठ २३–

गण्डकी प्रदेशको तनहुँ जिल्लामा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु गाउँपालिकाकै क्वारेन्टिनमा बसेका थिए । संक्रमित दुवैलाई जिल्लाको सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

नयाँ संक्रमित थपिएसंगै तनहुँमा संक्रमितको संख्या तीन पुगेको छ भने समग्र गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>