Breaking News
दैलेखमा एकै दिन १०५ जनामा कोराना पुष्टि

दैलेख,जेठ २२-
कर्णाली प्रदेशको दैलेख जिल्लामा विहीबार एकैदिन १०५ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा संकलन भएर आएका स्वाबहरुको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो।
आज भएको परिक्षण रिपोर्ट अनुसार दैलेख जिल्ला नारायण नगरपालिका ६४ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। त्यसैगरी दैलेखकै देबलकाँडा गाउँपालिकाका १२ जना पुरुष, सोत गाउँपालिकाका नौ जना पुरुष, मान्टाकुरा गाउँपालिकामा सात जना पुरुष साडु गाउँपालिकामा दुई जना पुरुष, भगनी गाउँपालिकामा पाँच जना पुरुष र बासकोट गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी गुमु जिल्लामा खत्याड गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ । बिहीबार मात्रै दैलेख र मुगुमा गरि १०६ जनामा कोरोना पुष्टि भएको हो।
यस कोरोना पुष्टि भएको कर्णाली प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो संख्या हो । यस अघि कर्णालीमा छ वटा जिल्लामा २६८ जनामा कोरोना पुष्टि भएको थियो। ती मध्ये एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो।
























