Breaking News

दैनिक ६ घण्टा सबै व्यवसाय संचालन गर्न दिन चितवनका उद्योगी व्यवसायीहरुको माग

Banner

चितवन, जेठ २१–

चितवनका उद्योगी व्यवसायीहरुले दिउँसोको समयमा दैनिक ६ घण्टा उद्योग कलकारखा, व्यापार व्यवसाय निर्वाध रुपमा संचालन गर्न पाउनु पर्ने माग गरेका छन् ।

उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कमर्श चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ र राप्ती उद्योग वाणिज्य संघले आज (बुधबार) संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, चितवन समक्ष उद्योग र व्यापार व्यवसाय संचालनका लागि समन्वय गरिदिन माग गरेका हुन् ।

उनीहरुले बैंक तथा वित्तिय संस्थाहरु पूर्णकालिन रुपमा संचालन गरिनुपर्ने, अन्य व्यापार व्यवसाय विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन गर्न पाउनु पर्ने र आन्तरिक राजश्व विभागबाट जारी गरिएको कर तथा राजश्व बुझाउनुपर्ने समयसीमा लकडाउन सकिएको तीन महिनासम्म थप गर्न माग गरेका छन् ।

यस्तै दैनिक उपभोग्य वस्तु एवंम् नेपाल सरकारद्धारा निर्दिष्ट गरिएका उद्योग व्यवसायहरु (औषधि, डेरी, पेट्रोलियम पदार्थ, फलफूल, तरकारी, खाद्यान्न) यथावत रुपमा संचालन गरिनुपर्ने उनीहरुको माग गरेको छ ।

प्रशासनलाई बुझाइएको मागपत्रमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराई, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>