चितवन विशेष

चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न चितवनका युवा चिकित्सकहरुको माग

०
Banner

चितवन, जेठ २१–

युवा चिकित्सक संघ, नेपाल, चितवन शाखाले काठमाडौंको नेपाल मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग गरेको छ ।

चितवन शाखाका महासचिव डा.सुनिल खरेलद्धारा जारी विज्ञप्तीमा घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेको हो ।

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । संघले यस किसिमको वर्वता र गुण्डागर्दी क्षम्य नहुने स्पष्ट पारेको छ । यस्तै संघले चिकित्सक माथि मानसिक एवंम भौतिक हिंसाविरुद्ध देशव्यापी रुपमा जारी ‘सेभ मेडिकल फ्याटर्निटि’ अभियानमा ऐक्यवद्धता जनाउँदै जुनसुकै कदम र निर्णयको कार्यान्वयनमा संघ प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।

संघका अध्यक्ष डा सञ्जय धरेलले बिरामीको उपचार गर्दागर्दै मृत्यु हुँदा चिकित्सकमाथि नै हातपात गर्नु निन्दनीय भएको बताए । उनले यस्तो गतिविधि तत्काल रोक्दै दोषीमाथि कडा कारवाहीको माग गरे ।

यस्तै यही घटनालाई लिएर आज (बुधबार) भरतपुर अस्पतालमा समेत चिकित्सकहरु बिरोध प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>