चितवन विशेष
देवघाटको झोलुङगे पुलबाट हामफालेर जुटपानीका एक पुरुष बेपत्ता
०

सुवास लामिछाने,
चितवन, जेठ २१–
चितवन र देवघाट जोड्ने झोलुङगे पुलबाट हामफालेर एक युवा बेपत्ता भएका छन् ।
कालिका नगरपालिका–५ जुटपानी निवासी अन्दाजी ३५ वर्षीय प्रकाश तिमिल्सिना झोलुङगे पुलबाट हामफालेर बेपत्ता भएको प्रहरी जनाएको छ । आज (बुधबार) दिउँसो करिब २ बजेर २० मिनेटको समयमा तिमिल्सिना पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
बेपत्ता तिमिल्सिनाको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रविन बाबु रेग्मीले जानकारी दिए ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























