Breaking News
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
०

काठमाडौं, जेठ २१–
नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार जेठ १३ गते ती पुरुष शल्यक्रियाका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा १५ गते ती पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको थियो । लगत्तै उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा लगिएको थियो ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























