Breaking News
आज लकडाउनको ७२ औं दिन : उपत्यकामा सवारी चाप बढ्यो

काठमाडौं, जेठ २१-
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७२ दिन पुगेको छ । लकडाउन जारी भएपनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भए पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ ।
बुधबार उपत्यकाका विभिन्न ठाउँमा सवारीसधानको आवागमन बढेको पाइएको छ । उपत्यकाका सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । यस्तै मुख्य–मुख्य चोकहरुमा सवारी जाम समेत भएको छ । प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ ।
यस्तै भित्री सडकमा पनि अत्यावश्यक खाद्य सामग्रीका पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेका छन् । यस्तै समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ ।
लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो ।
























