मकवानपुर

हेटौैडामा भएको सवारी दुर्घटनामा एकको मृत्यु

Banner

हेटौंडा,जेठ २०-

कान्तिलोकपथ अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–६ चौघडामा आज दिउँसो ४ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले दिनुभएको जानकारीअनुसार बा२क ७११० नंको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक करिब ४० वर्षीय श्यामफुल बलामीको मृत्यु भएको हो ।

ट्रकको ठक्करपछि घाइते हुनुभएका बलामीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>