चितवन विशेष

नेपालको भूमी फिर्ता ल्याउन सशक्त कदम चाल्न सरकारसंग राप्रपा चितवनको माग

Banner

चितवन, जेठ २०–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले भारतले हडेपेको भूमि फिर्ता ल्याउन अविलम्व कुटनीतिक पहल र सशक्त प्रभावकारी कदम चाल्न सरकारसंग माग गरेको छ ।

आज (मंगलबार) चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा चितवनले आवश्यक परे यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत माग गरेको छ । ज्ञापन पत्रमा भनिएको छ–‘सरकारबाट गुमेको भूभाग समेटेर नक्सा जारी गरिएको प्रति हार्दिक धन्यवाद छ, अविलम्ब उक्त भूभागलाई तुरुन्त संवैधानिक हैसियत कायम गरियोस् ।’

राप्रपाले भारतले नेपालको भूमि अतिक्रमण गर्दै मानसरोबर जोड्ने सडक उद्घाटन गरेको प्रति गम्भिर आपत्ति जनाएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भूभाग रहेको भन्दै भारत सरकारको मिचाहा र हेपाहा कदम राष्ट्रियता माथिको प्रहार भएको राप्रपाको ठहर छ । राप्रपा चितवनका अध्यक्ष दिलीप पाण्डेले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउन केन्द्रीय सदस्य विष्णु खराललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>