Breaking News

चितवनमा बढ्दै भीडभाड, लकडाउन खुलेजस्तै (फोटोफिचर)

Banner

चितवन, जेठ २०–

चितवनमा पछिल्ला दिनहरुमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । लकडाउन बढ्दै गएपछि विभिन्न समस्यामा पर्दै गएपछि मानिसहरुको चहलपहल बढ्दो छ । नारायणगढको दृश्य देख्दा लकडाउन खुलेजस्तै अनुभूति गर्न सकिन्छ ।

शहीदचोकको फूटपाथमा व्यापार समेत सुरु भएको छ भने बैंकहरुमा निकै भीडभाड लागेको छ । लकडाउन भए पनि दैनिकी चलाउन नै समस्या देखिएकाले बजारमा निस्कनु परेको उनीहरुको भनाई छ । नारायणगढमा फूटपाथ व्यवसायी गरिरहेकी रेनुका देवीले भनिन्–‘लकडाउनले परिवार पाल्नै गाह्रो भइसक्यो, विकल्प नभएर फूटपाथमा व्यवसाय गर्न निस्किए ।’ उनी जस्तै अहिले धेरै महिला र पुरुषहरु बजारमा व्यापार गर्दै निस्कन थालेका छन् । फलफूलका ठेलादेखि स–साना व्यवसाय खुल्न थालेका छन् ।

आज (मंगलबार) राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकहरुमा ग्राहकहरुको भीड लागेको थियो । चितवन प्रशासनले जिल्ला प्रवेश गर्ने नाका नारायणी पुलमा भने कडाई गरिरहेको छ । प्रशासनले गण्डकी प्रदेशबाट मानिसहरुलाई भित्रन दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>