Breaking News

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना संक्रमण

Banner

सुर्खेत, जेठ २०–

कर्णाली प्रदेशमा आज (मंगलबार) थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विज्ञप्ती जारी गर्दै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा संक्रमितको संख्या २६२ पुगेको छ ।

आज थपिएका २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका(१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।

सल्यानको दार्मा गाउँपालिका(१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>