Breaking News
आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो
०

काठमाडौं, जेठ १९–
नेपालमा आज (सोमबार) थप २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या १७९८ पुगेको छ । नयाँ थपिएका मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७१ हजार ९०३ पीसीआर परीक्षण गरिएको छ ।
यस्तै २२१ जना कोरोना सक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै डोटीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमित हुने जिल्लाको संख्या ५९ पुगेको छ ।
हालसम्म प्रदेश अनुरुप प्रदेश १ मा मा कुल १६८, प्रदेश २ मा ६९४ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश ५ मा ६२१ जना, कर्णाली प्रदेशमा १९८ र सुदूर पश्चिम प्रदेशमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























