Breaking News

अर्थमन्त्रीको स्पष्टीकरण – एमसिसी सम्झौतापत्र पारित नभएसम्म उक्त शीर्षकको बजेट खर्च हुँदैन

Banner

काठमाडौं, जेठ १९-

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट नगरी नहुने कामलाई पहिलो प्राथमिकतामा राखेर ल्याएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् ।

बजेटबारे संसदमा जारी छलफलमा उठेका जिज्ञासामाथि जवाफ दिँदै सोमबार उनले भने, ‘समय अनिश्चित भए पनि समय चलिरहन्छ । यसर्थ हामी यो समय खेर फाल्न चाहन्नौं ।’

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो ।

उनले एमसिसीको नाममा छुट्याइएको बजेट संसदबाट पारित नभएसम्म खर्च नहुने स्पष्ट पारेका छन् । ‘एमसिसीको सहयोगमा हामीले ३ वर्षदेखि नै निरन्तर काम गर्दै आइरहेका छौं । आगामी वर्षका लागि पनि राखेका छौं । संसदमा विचाराधीन रहेको सम्झौतापत्र पारित नभएसम्म बजेट खर्च हुँदैन,’ उनले भने ।

मितव्ययिताको लागि सरकारले सक्दो प्रयास गरेको र अनावश्यक खर्च २८ प्रतिशतसम्म घटाएको उनले स्पष्ट पारे । स्वास्थ्य क्षेत्रमा तीन वर्षमा तेब्बर बजेट बढेको उनले स्पष्ट पारे । ‘उनले एकैचोटि १०-१२ प्रतिशत बढाउन सकिँदैन । जति भएको छ, उल्लेख्य भएको छ,’ उनले भने ।

उनले ६ अर्ब कोरोना महामारीको लागि आकस्मिक कार्यका लागि मात्र भएको स्पष्ट पारे । बजेट नपुगेर कानूनी सीमाभित्र रहेर पुनः विनियोजन गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>