Breaking News

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि संक्रमित

Banner

डडेल्धुरा,जेठ १८ –

जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ। अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे।

पुष्टि भएसँग सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो मृत्यु हो। मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।

बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ। मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। जेठ १६ गते तीनै जनाको स्वाब धनगढी पठाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>