Breaking News

आज संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत हुँदै, पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

Banner

काठमाडौँ, जेठ १८–

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ । गएको बुधबार सो प्रस्ताव प्रस्तुत हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुुत हुने भएको हो ।

संसद सचिवालयले सरकारको परामर्शपछि निकालेको सम्भावित कार्यसूचिमा आइतबार सदनको पहिलो कार्य नै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्बाहाम्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन समेत दिएको छ ।

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटमाथि छलफल सुरु हुनेछ ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>