Breaking News

विश्वभर एकै दिन ७७ हजारभन्दा बढीले कोरोना जिते

Banner

एजेन्सी,जेठ १७-

विश्वका विभिन्न मुलुकबाट एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । शुक्रबार विहान ७ बजेसम्म विश्वका विभिन्न मुलुकमा २५ लाख ७९ हजार ५३४ जना मानिस संक्रमणमुक्त भएकोमा शनिवार विहान ५ बजेसम्म २६ लाख ५६ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् । अर्थात ७७ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।

५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म २१३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २३ हजार १५३ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २४३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ८२५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ३७४ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>