चितवन विशेष

गोधूलीले शेयर सदस्यहरुको ‘कोरोना बिमा’ गर्ने

Banner

चितवन, जेठ १६–

गोधूली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको ‘कोरोना बिमा’ गर्ने भएको छ ।

सहकारीले एक लाख र ५० हजार रुपैयाँ बराबरको कोरोना बिमा गर्ने तयारी गरेको छ । यसका लागि सहकारीले शेयर सदस्यहरुलाई बिमामा सहभागि हुन आह्वान गरेको छ । एक लाखको बिमाका लागि ६ सय रुपैयाँ लाग्ने छ भने ५० हजार बराबरको बिमाका लागि तीन सय रुपैयाँ लाग्ने छ । जसमध्ये एक लाखको बिमामा सहकारीले एक सय रुपैयाँ र ५० हजारको बिमामा ५० रुपैयाँ सहकारीले व्यर्होने सहकारीका प्रवन्ध निर्देशक शरद कुमार महतोले बताए । उनले फोनबाट नाम टिपाएर बिमा गर्न सकिने ब्यवस्था मिलाइएको महतोले बताए ।

सहकारीले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरि सकेको छ । कोरोनाको जोखिम बढिरहेको अवस्थामा शेयर सदस्य तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै कोरोना बीमाको ब्यवस्था गरिएको हो ।

बीमाको अवधी एक वर्षको हुनेछ । बीमा गरेको १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएमा बीमा रकम दाबी भुक्तानी हुनेछ ।

संस्थाले चैत र बैशाख महिनाको ब्याजमा १० प्रतिशत छुटको ब्यबस्था समेत गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत लकडाउनकै बेला जिल्ला प्रहरी कार्यालय भरतपुर र इलाका प्रहरी कार्यालय टाँडीलाई २ हजार थान सर्जिकल मास्क सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>