Breaking News

नेपालमा कोरोना संक्रमण : सबैभन्दा धेरै प्रदेश २ मा, कुन प्रदेशमा कति ?

Banner

काठमाडौं, जेठ १६–

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् ।

ती मध्ये २ सय ६ जना निको भएर घर फर्किएका छन् । कोरोना निको हुनेमा १६२ जना पुरुष र महिला ४४ जना रहेका छन् । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका बिरामी प्रदेश २ मा सबैभन्दा धेरै देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार शुक्रबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५७ पुगेको छ । प्रदेश १ का ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश २ मा कुल संक्रमितको संख्या ४ सय ९० पुगेको छ । प्रदेश २ का ८ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बागमती प्रदेशमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा १२ जिल्लामा संक्रमण देखिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार गण्डकी प्रदेशमा ५ जिल्लामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश ५ को ९ वटा जिल्लामा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना संक्रमित देखिएका छन् भने सुदुरपश्चिमका ७ जिल्लामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>