Breaking News
रुकुम घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै चितवनमा प्रदर्शन

चितवन, जेठ १६–
रुकुम (पश्चिम)मा भएको घटनालाई लिएर चितवनमा प्रदर्शन भएको छ । नेपाल दलित मुक्ति मोर्चा चितवनको आयोजनामा आज (बिहीबार) भरतपुरमा प्रदर्शन गरिएको हो । उनीहरुले ‘जातिय विभेद अन्त्य गर’, ‘हत्यारालाई फाँसी दे’ जस्ता नारा लगाएका थिए ।
नारायणगढदेखि निस्किएको ¥याली भरतपुरको चौविसकोठी चोकमा पुगेर टुङिगएको थियो । मोर्चाका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डका अपराधीहरुलाई तत्काल कारवाही गर्न माग गरेका छन् । मल्ल थरकी युवतीलाई भगाउन गएका जाजरकोटका नवराज विकसहितलाई स्थानीयहरुको आक्रमणबाट मृत्यु भएको थियो । सो घटनामा परेर पाँच जनाको शव भेटि सकिएको छ । जातीय छुवाछुतकै आधारमा घटना भएको भन्दै सडकदेखि सदनसम्म घटनामा संलग्नलाई कारवाही गर्न माग गरिएको छ ।
यस्तै संयुक्त दलित संघर्ष समिति चितवनले पनि घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै चितवन प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय पुगेरै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।




























