Breaking News

भारतीय सञ्चारमाध्यमको समाचारप्रति सेनाको आपत्ति, भन्यो- प्रोपगान्डाबाट सचेत होऔँ

Banner

काठमाडाैं, जेठ १६-

भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशि समाचार प्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।

नेपाली सेनाले हिन्दुस्तान टाइम्समा प्रकाशित एक समाचारले दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्‍याएको भन्दै आपत्ति प्रकट गरेको छ। सेनाले प्रोपगान्डाबाट सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।

हिन्दुस्तानटाइम्स डटकममा बुधबार सेनालाई जोडेर नेपाल सम्बन्धी समाचार प्रकाशित भएको थियो। अर्को भारतीय अनलाइन टिफिपोस्ट डटकममा बिहीबार सेनालाई जोडेर नेपालसम्बन्धी छापिएको समाचारको पनि सेनाले खण्डन गरेको छ।

दुवै समाचार दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्‍याउनबाट प्रेरित भएको सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ।

हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताले लेखेको समाचारको शीर्षक थियो- प्रधानमन्त्री ओलीलाई ठूलो क्षति, नेपालको नयाँ राजनीतिक नक्सालाई बाधा ।

यसैगरी टिफीपोष्ट डटकममा अक्षय नाराङले लेखेको समाचारको शीर्षक थियो- भारतीय सेना प्रमुखको वक्तव्य गलत भएको पुष्टि गर्न प्रधानमन्त्री ओलीले नेपाली सेना प्रमुखलाई निर्देशन दिए तर सेना प्रमुखले जवाफ दिए: नो, थ्याङ्कस।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि अर्को विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।
भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको बताउँदै नेपालमा विभाजन ल्याउने कुत्सित मनसायले आएको अफवाहमा विश्वास नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ

नेपाली सेनाले राष्ट्रिय एकतालाई कमजोर बनाउने र विभाजनतर्फ लैजाने शक्तिहरु क्रियाशील भइरहेको पनि उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>