चितवन विशेष

युवा व्यवसायी पण्डितले दिए प्रहरीलाई मास्क र ग्लोब्स

Banner

चितवन, जेठ १५–

व्यवसायी प्रदीप पण्डितले भरतपुरको सीताराम प्रहरी चौकी र इप्रका गीतानगरलाई मास्क र ग्लोब्स सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीको बेला अग्रभागमा उभिएर काम गरिरहेका प्रहरीको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको व्यवसायी पण्डितले बताए । आफू स्वास्थ्य क्षेत्रसंग पनि सम्बन्धित भएकाले प्रहरीको स्वास्थ्यमा ध्यान दिएर सो सामग्री सहयोग गरिएको पण्डितले बताए ।

उनले सो सामग्री चौकीका इन्चार्ज छविराज शाही र गीतानगरका प्रहरी निरीक्षक रामसागर सिंहलाई हस्तान्तरण गरेका थिए । पण्डित कन्सलटेन्सी व्यवसायी हुन् भने शुक्रराज ट्रपिकल हस्पिटल काठमाडौंको पूर्व बोर्ड सदस्य समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>