चितवन विशेष

थारु पत्रकारहरुको ‘कोरोना बिमा’ गरिने

Banner

कारी महतो

चितवन, जेठ १५–

थारु पत्रकार संघ, नेपालले थारु पत्रकारहरुको कोरोना बिमा गर्ने भएको छ ।

देशको विषम परिस्थितिमा थारु पत्रकार संघ नेपालको आज (बिहीबार) जुम एपबाट सम्पन्न अनलाइन बैठकले थारु पत्रकारहरुको कोरोना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिएकाले कोरोना बिमा गराउने निर्णय गरिएको संघका अध्यक्ष सन्तोष दहितले जानकारी दिए ।

पहिलो चरणमा केन्द्रीय कार्यसमितिका सदस्य र सल्लाहकारहरुको कोरोना बिमा गरिने छ । त्यसका लागि केन्द्रीय अध्यक्ष सन्तोष दहित र उपाध्यक्ष रामचन्द्र कुश्मीलाई जिम्मेवारी दिइएको महासचिव सन्तकुमार चौधरीले जानकारी दिए ।

त्यस्तै थारु पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि ‘अनलाईन भर्चुअल पत्रकारिता तालिम’ समेत गरिने भएको छ । त्यसका लागि महासचिव सन्तकुमार चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । पहिलो चरणको तालिम तीन दिनको रहने, त्यसपछि आवश्यकता अनुसार तालिमको समय थप गर्न सकिने महासचिव चौधरीले बताए ।

त्यसैगरी संघको मुखपत्रको रुपमा पत्रकाशन हुँदै आएको ‘फुलरिया’ पत्रिका प्रकाशनको तयारी गर्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

बैठकमा सहभागि पूर्व अध्यक्ष र सल्लाहकारहरुले एकजना थारु पत्रकार लगायत केही पत्रकारहरुलाई पनि कोरोना संक्रमण देखिएकोले सामाजिक दुरी कायम गरी निकै सतर्कतापूर्वक रिपोर्टिङ गर्नका लागि अनुरोध गरेका छन् । बैठकले संक्रमित पत्रकारलगायत सम्पूर्ण संक्रमित व्यक्तिहरुको शिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ ।

संघका पूर्व अध्यक्षहरु लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरीको सहभागीतामा संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>