चितवन विशेष
आजदेखि तीन दिन घरघरमा दीपावली गर्न चितवन प्रशासनको आग्रह
०

चितवन, जेठ १४–
गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय चितवनले घरघरमा दीपावली गर्न सम्पूर्ण जिल्लाबासीमा आग्रह गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आज (बुधबार) साँझ, बिहीबार र शुक्रबार साँझ दीपावली गर्न चितवन प्रशासनले आग्रह गरेको हो ।
आज (बुधबार) शुभकामना सन्देश जारी गर्दै प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गणतन्त्र दिवस २०७७ को अवसरमा औपचारिक कार्यक्रम आयोजना गरी मनाउन असम्भव हुने भएकाले जिल्लास्थित सबै कार्यालय, गैरसरकारी कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न अनुरोध गरेको हो ।
देशमा गणतन्त्र आएको खुशीयालीमा जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै आईएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























